बिहीबार, वैशाख १३, २०८१

अक्षय कुमार अस्पताल भर्ना

मेरोन्यूज २०७७ चैत २३ गते १४:५०

एजेन्सी । कोरोना पोजेटिभ देखिएपछि बलिउड अभिनेता तथा नायक अक्षय कुमार अस्पताल भर्ना भएका छन् ।

अक्षयलाई पवइको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

चलचित्र ‘राम सेतु’को छायांकनका क्रममा अक्षयलाई कोरोना देखिएको थियो । चलचित्रको निर्माण टिमले छायांकन अगाडि बढाउने तयारी समेत गरिएको थियो ।

तर, चलचित्रका ४५ जना कलाकारलाई समेत कोरोना पोजिटिभ देखिएपछि दुई साताका लागि यसको छायांकन स्थगित गरिएको छ ।

प्रतिक्रिया