बिहीबार, वैशाख १३, २०८१

विहानको तुलनामा दिउसो थोरै भिजिविलिटी बढे पनि प्रदूषण रहिरहने छ :मौसमविद् श्रेष्ठ

मेरोन्यूज २०७७ चैत २३ गते १४:१७

काठमाडौ । आज पनि काठमाडौं उपत्यकामा विहानैबाट वायु प्रदूषण सुरु भएको छ । दिउँसो पनि प्रदूषण रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् समीर श्रेष्ठका अनुसार वायू प्रदूषणका कारण आज पनि काठमाडौंमा विहानैबाट भिजिविलिटी निकै कम छ । विहानको तुलनामा दिउसो थोरै भिजिविलिटी बढे पनि प्रदूषण रहिरहने छ । उनलेभने,“वायु मण्डलको माथिल्लो भाग स्थिर रहेकाले अझै केही दिन यही अवस्था रहन सक्छ।”

पश्चिमी मौसमी प्रणाली सक्रिय नहुँदासम्म प्रदूषण नहट्ने उनको भनाइ छ । बुधबारबाट पश्चिमी मौसमी प्रणाली सक्रिय हुने सम्भावना रहेको उनले बताए ।

केहीसमय यता काठमाडौं उपत्यकासहित मुख्य सहरहरुमा वायुमा प्रदूषणको मात्र बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषण बढ्दा आँखा चिलाउने, टाउको दुख्ने जस्ता समस्या देखिने जनाएको छ ।

प्रतिक्रिया