शुक्रबार, वैशाख ७, २०८१

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्वीयुको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ।

गत रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय अनेरास्ववियुका नेता(कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर, दलालहरू होसियारलगायत प्लेकार्ड बोकेर उनीहरूले बबरमहलस्थित आयल निगम परिसरमा प्रदर्शन गरेका हुन्।

निगमले आइतबार रातिदेखि लागू हुने गरी डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुईरदुई रुपैयाँले बढाएको छ। यसका साथै, ७२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए विरोधमा उत्रने उनीहरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया