बुधबार, असार ५, २०८१

भूकम्प पीडितलाई सरह अग्नीपीडितहरूलाई क्षतिपूर्ति दिनुपर्‍यो : योगेश भट्टराई

मेरोन्यूज २०७७ चैत २३ गते १४:०१


काठमाडौं। एमालेका सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितहरूलाई भूकम्प पीडितहरूलाई सरह क्षतिपूर्ति को माग गरेका छन्।

Advertisement

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै भट्टराईले गत फागुन १८ गते भएको आगलागीबाट ५२ वटा घर पूर्ण रूपमा क्षति भएको र आठ करोड भन्दा बढी भौतिक सम्पतिमा क्षति भएको भन्दै यस्तो माग गरेका हुन्।


उनले केही समयअघि सिनाम गाउँपालिकामा पाँचवटा घर नष्ट भएको बताए । उनले दिघकार्लिन व्यस्थापन गर्ने दमकल लगायतका सामाग्री उक्त क्षेत्रमा उपलब्ध गराउँन माग गरे ।

प्रतिक्रिया