बुधबार, वैशाख १२, २०८१

कांग्रेस सांसद सुब्बा भन्छिन् : सरकारले कोरोना रोक्न सिमा नाकामा हेल्थ डेक्स चुस्तदुस्त बनाएन्

मेरोन्यूज २०७७ चैत २३ गते १३:३५

काठमाडौ । भारतमा बढेको कोरोना संक्रमण नेपाल पनि फैल्ने खतरा बढेको छ सरकारले किन अझै हेल्च्याक्राई गरिहेको भन्दै नेपाली कांग्रेसकी सांसद मिना सुब्बाले सरकारको ध्यानकर्षण गराइन् ।

सोमबार बसेको प्रतिनिधि सभाको शुल्य समयमा बोल्दै सांसद सुब्बाले सरकारले सिमा नाकामा हेल्थ डेक्स चुस्तदुस्त बनाउँन अझै नसकेको भन्दै सरकारको ध्यानकर्षण गराएकी हुन् ।

उनले भनिन् “अहिले नेपालमा दोस्रो चरणको कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ,आम नागरिकमा चिन्तित बनेका छन् तर सरकार आफ्नै आन्तरिक बासुरीको धुनमा मस्त निधाएको छ ।”
विगका गल्ती सच्याउँनेमा सरकार अझै नलागेको उनको भनाइ छ ।

हरेक दिन ५ सय देखि ७ सय भारतबाट आउदैछन् । उनीहरुमध्ये ७० प्रतिशतको कुनै पनि कोरोना परीक्षण नभएको उनले टिप्पणी गरिन् ।

प्रतिक्रिया