शुक्रबार, वैशाख ७, २०८१

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

मेरोन्यूज २०७७ चैत २३ गते १३:४६

काठमाडौं । बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र ६१ लाख जरिवाना हुने ठहर भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ जिल्ला मझुवागढी नगरपालिका-१५ घर भई हाल कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटार बस्ने ३४ वर्षीय वरुण ढकाल छन्। 

उनलाई काठमाडौंको पेप्सीकोलाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

ढकालले मिति २०७५ चैत २० गते आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक दिएको सीआईबीले जनाएको छ ।

ढकाललाई उच्च अदालतले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) अनुसार क्रमशः दिन कैद र ५६ लाख १५ हजार जरिवाना तथा २ दिन कैद र ५ लाख ४० हजार जरिवाना गरेको थियो ।

प्रतिक्रिया