मंगलबार, वैशाख ११, २०८१

अफगानिस्तानमा बम विस्फोटः एक सैनिकको मृत्यु, चार जना घाइते

मेरोन्यूज २०७७ चैत २३ गते १३:०६

FILE PHOTO

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ ।

सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु भएको हो । विस्फोटमा अन्य चार सैनिक घाइते भएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात रहेको आशङ्का प्रहरीको रहेको छ ।

प्रतिक्रिया