शनिबार, वैशाख ८, २०८१

२ सय रुपैयाँले घट्यो सुन–चाँदीको भाउ

मेरोन्यूज २०७७ चैत २३ गते १२:४५

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि छापावल सुनको भाउ तोलाको ८७ हजार २ सय कायम गरेको छ ।

आइतबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य १२ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आइतबार तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया