शुक्रबार, चैत १६, २०८०

मकवानपुरमा डढेलो घरमा सल्किंदा महिलाको जलेर मृत्यु

मेरोन्यूज २०७७ चैत २३ गते ८:५१

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको जलेर आज बिहान मृत्यु भएको छ ।

वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा उनकी श्रीमती हस्तमायाको मृत्यु भएको हो ।

साथै उक्त आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको छ ।

Advertisement

प्रतिक्रिया