मंगलबार, वैशाख ११, २०८१

बर्दियामा बाघको आक्रमण रोकिएन, बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका कर्मचारी कै मृत्यु

मेरोन्यूज २०७७ चैत २३ गते ८:१७

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एक जना कर्मचारीको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा उनलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो । उनको शव आइतबार राती ८ बजेतिर फेला परेको सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।

निकुञ्जका वार्डेन विष्णु प्रसाद श्रेष्ठले चौधरी गैंडा गणनामा संलग्न रहेको र हात्तीको साथ निकुञ्जमा रहेको समयमा बाघको आक्रमणबाट मारिएको बताए ।

पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत थिए । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन् ।

निकुञ्जमा बाघको संख्या बढेसँगै मानिसलाई आक्रमण गर्ने घटना पनि बढेको छ । नरभक्षी बाघलाई नियन्त्रणमा लिएर खोरमा थुन्ने कामलाई निकुञ्जले जारी राखेको छ ।

यसअघि मानिसलाई आक्रमण गर्ने एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि सो बाघ खोर भत्काएर भागेको थियो ।

प्रतिक्रिया