शुक्रबार, चैत १६, २०८०

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहँदा पनि निगमले किन भाउ बढायो ?

मेरोन्यूज २०७७ चैत २२ गते २०:५४

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भएता पनि नेपाल आयल निगमले भने नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो ।

भारतीय आयल कर्पोरेशनबाट मूल्य बढेर नआएको भए पनि मासिक नोक्सानी अत्यधिक रहेको भन्दै निगमले इन्धनको मूल्य बढाएको हो ।

बढेको मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १२० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया