शुक्रबार, वैशाख १४, २०८१

कोभिड–१९ बाट विदेशमा थप चार नेपालीको मृत्यु

मेरोन्यूज २०७७ चैत २२ गते १९:२४

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता कतारमा तीन र रुसमा १ गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

संघका अनुसार कोरोना संक्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको छ । उनका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६६३ कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन संघले अनुरोध गरेको छ ।

प्रतिक्रिया