शुक्रबार, चैत १६, २०८०

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा मल्ल निश्चित

मेरोन्यूज २०७७ चैत २२ गते १६:४७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको नयाँ अध्यक्षमा राजेन्द्र मल्लले मात्रै उम्मेदवारी दिएका छन् । कार्यसमिति सदस्य सर्वसम्मत भएसँगै अध्यक्ष र वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्ष पदमा पनि निर्विरोध निर्वाचित हुने सम्भावना बढेको चेम्बर अफ कमर्सले जनाएको छ ।

यही चैत्र २८ गते हुने निर्वाचनको लागि चेम्बरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्षको प्रत्यासी हुने विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष मल्ल एक्लो उम्मेदवार रहेका छन् ।


कोभिड–१९ को समयमा निर्वाचन गरेर भिडभाड गर्नुभन्दा सबै पदमा सर्वसम्मति खोजेकोले नेतृत्वमा पनि सहमति हुने चेम्बरको दाबी छ । निर्विरोध भएको घोषणा गर्न चैत्र २८ गते कुर्नुपर्ने चेम्बरको निर्वाचन अधिकृतको कार्यालयको भनाई छ ।

उम्मेदवारको अन्तिम सूचनामा पनि कार्यसमिति सदस्य ५५ पदमा ५५ जनाको मात्रै उम्मेदवारी परेकोले निर्विरोध भएको पक्का देखिएको हो कार्यालयका अनुसार वाणिज्यतर्फ १५, उद्योगतर्फ ९, जिल्लातर्फ १५ पद निर्विरोध निर्वाचित भए । यस्तै नगरतर्फको १, वस्तुगत संघतर्फ ९ र द्वि–राष्ट्रिय संस्थागततर्फ ३ तथा आबद्धतर्फ पनि ३ पद सर्वसम्मत चयन भएका हुन् ।

Advertisement

प्रतिक्रिया