शनिबार, वैशाख ८, २०८१

नागढुङ्गाबाट ४३ लाख रुपैयाँ सहित एक पुरुष पक्राउ

मेरोन्यूज २०७७ चैत २२ गते १४:४७

काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित दाङ तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने ३७ वर्षीय सन्दिप कौशललाई प्रहरीले पक्राउ गरेको छ ।
तुल्सीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३०१(००६ ख ०९१२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीको प्यासेजमा कार्टुनभित्र १ हजार दरका नोट ३ हजार ९ सय थान र ५ सय दरका नोट ८ सय थान समेत गरी उक्त रुपैयाँ र छड्के तिलहरिको पोते माला ९ थान फेला पारेको छ । उक्त नगद सन्दिपको भन्ने खुलेको र उक्त रकम दाङबाट भाइले पठाएको हो भन्दै लिन आएको अवस्थामा उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया