शुक्रबार, वैशाख १४, २०८१

मलेसियामा ज्यान गुमाएकाहरूको शव बुझ्न आफन्तसँगै विमानस्थलमा पुगे बाबुराम

मेरोन्यूज २०७७ चैत २२ गते १३:०६

काठमाडौं । आइतबार बिहान पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिए । तर धेरैलाई लाग्यो उनी कतै जान लागेका हुन् । तर कतै नगइ विमानस्थलबाट नै फर्किए । आइतबार वैदेशिक रोजगारीमा मलेशिया गएका १२ जना नेपालीहरूको शव विमानस्थलमा आउने खबर उनले पाएका थिए। उनी बिमानस्थल पुगेका थिए ।१२ शवमध्ये दुई जना गोरखाका थियो।

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव मलेसियाबाट ल्याइएको थियो। भट्टराईआफ्नो निर्वाचन क्षेत्रका युवाको वैदेशिक रोजगारीका क्रममा निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेका थिए ।


उनले भने “कस्तो दुखद अवस्था बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो१तीमध्ये गोरखा(२सिरानचोक(५का सूर्य विक २८बर्ष र गोरखा नपा १२का मेघबहादुर कुॅवर २७ बर्षको शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र ।”

प्रतिक्रिया