बिहीबार, वैशाख १३, २०८१

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकारलाई फाइजरको खोपले काम गर्ने

मेरोन्यूज २०७७ चैत २२ गते १२:२४

न्युर्योक । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको नयाँ प्रकारकाे कोरोनालाइ फाइजरले विकास गरेको कोरोना खोपले बचाउने संकेत देखिएको छ । फाइजर र बायोएनटेकका अनुसार पछिल्लो क्लिनिकल परीक्षणले दक्षिण अफ्रिाकामा पाइएको नयाँ प्रकारको भाइरसबाट जोगाउने देखिएको हो ।

दक्षिण अफ्रिकामा गरिएको सो परीक्षणमा ८ सय जना सहभागी रहेको कम्पनीले जनाएको छ। उक्त खोपले नयाँ प्रकारको कोरोना भाइरबाट ९१ प्रतिशत जोगाउने कम्पनीको दाबी छ ।

पछिल्लो समय कोरोनाको नयाँ प्रकार देखिएसँगै विश्वभर संक्रमण पुनः तीव्र बनेको छ । यसले कोरोना नियन्त्रणमा चुनौति थपिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया