शुक्रबार, चैत १६, २०८०

नेपालमा १२ औं कलेजो प्रत्यारोपण,२५ वर्षीया छोरीले दिइन् बुबालाई कलेजो

मेरोन्यूज २०७७ चैत २२ गते ११:०६

भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ। यो सँगै नेपालमा १२ औं कलेजो प्रत्यारोपण भएको छ । शनिबार भक्तपुर निवासी ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र जनाएको छ ।

भक्तपुरका ४४ वर्षका पुरुषको कलेजो प्रत्यारोपण भएको केन्द्रका निर्देशक डा.प्रेम ज्ञवालीले जानकारी दिए । डा.ज्ञवालीका अनुसार ४४ वर्षीय बुबालाई उनकै २५ वर्षीया छोरीले कलेजो दान गरेकी हुन् ।

केन्द्रमा कार्यरत डा.छेतेन योञ्जन, डा.अनिसा तिवारी, डा ललित दास, एनेस्थेसियामा डा आरती राई, डा शुसिल तामाङ तथा नर्सहरु बिनिता उप्रेती र अनिता लगायतको टोलीले प्रत्यारोपण गरेका हुन्।

हालसम्म नेपालमा शिक्षण अस्पताल महाराजगञ्जमा ५, प्रत्यारोपण केन्द्रमा ६ र उपत्यका बाहिर चितवन मेडिकल कलेजमा १ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

Advertisement

प्रतिक्रिया