शुक्रबार, वैशाख ७, २०८१

जुम्लाको ढिपुगाउँको मुल्मीमा भएको आगलागीबाट ३५ घर जलेर नष्ट

आगो अझै नियन्त्रण बाहिर

मेरोन्यूज २०७७ चैत २२ गते ८:०५

सिञ्जा । जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो अझै नियन्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने प्रयास भइरहेको उनले बताए ।

पैँतीस घरभित्रको अन्नबाली सबै सखाप भइसके पनि क्षतिको यकिन विवरण आउन बाँकी छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । तिला–९ ढिपुगाउँ वर्षायाममा ६ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् । मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौंलागाईंले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको घटनास्थलतिर पठाइसकेको बताए । अनगलागी भएको ठाउँ सदरमुकामबाट टाढा भएकाले हिजो नै परिचालन भएको प्रहरकिो टोली आजमात्र घटनास्थथल पुगेको चौलागाईंले जानकारी दिए । आगलागी शनिबार अपरान्हबाटै सुरु भएपनि विस्तृत विवरण अझै संकलन हुन नसकेको उनको भनाई छ ।

यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया