बिहीबार, वैशाख ६, २०८१

खनाल–नेपाल समूहकाे निर्णय दुई महिना पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

मेरोन्यूज २०७७ चैत २१ गते १७:३७

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले दुई महिना पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेकाे छ । शनिवार कलङ्कीमा बसेको बैठकले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेकाे हो ।

केहीदिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ । सो पुस्तक पार्टीका तल्ला तहसम्म वितरण गरिने आएका सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ ।
यसैगरी,बैठकले पार्टीका विभिन्न संगठनहरुलाई सक्रिय बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय गरेको एक नेताले बताए । आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाइने निर्णय पनि भएको छ ।

प्रतिक्रिया