शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपति भण्डारी खनाल निवास डल्लु किन पुगिन ?

मेरोन्यूज २०७७ चैत २१ गते १७:२३

राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेकी छिन् । राष्ट्रपति भण्डारी शनिबार इतिहासविद् डा. महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन् । सोही क्रममा राष्ट्रपति भण्डारी नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्य अवस्था बुझ्न उनको निवासमा पनि पुगेकी हुन् ।

सो भेटमा स्वास्थ्यस्थिति के-कस्तो छ भन्ने सन्दर्भमा कुराकानी भएको थियो 

प्रतिक्रिया