शुक्रबार, चैत १६, २०८०

अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ -नेता सिंह

मेरोन्यूज २०७७ चैत २१ गते १३:११

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताबाट बहुमत प्राप्त ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्धन्द तर्फ धकेलेकाले नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन् ।

आज दावाँली मिलन क्लबको १५ औँ साधारण सभामा सम्बोधन गर्दै नेता सिंहले,बर्तमान सरकार असफल भएकाले देशलाई बर्तमान समस्याबाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताए । उनले भने, ‘५ वर्षको लागी प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरुले ३ वर्ष पनि टिक्न सकेन । यो सरकार असफल भईसक्यो ।देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ ।’

नेपालको संबिधान निमार्ण गर्न पनि जना कम्युनिष्ट नेताहरु असफल हुदाँ अन्त्यमा कांग्रेसको नेतृत्वको सरकारले नै संबिधान निमार्ण गरेकाले अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि कांग्रेस नै सफल हुने उनको दाबी छ । कम्युनिष्टहरु नेपालको राजनीतिमा असफल भईसकेको उनको भनाइ छ ।

साथै नेता सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्व कर्तामा सेवाको भावना हुन जरुरी रहेको बताउँदै उनले भने ‘तर कम्युनिष्टहरुमा सेवाको भावना छैन । अहिलेको नेतृत्व इमानदार हुनु पर्छ , सेवाको भावना हुनु पर्छ , राष्ट्रियता र नैतिकता हुनु पर्छ ।’
सरकार संघीयता भन्दा केन्द्रीकृत शासन ब्यवस्था सञ्चालन गर्न लागेको उनको आरोप छ ।

Advertisement

प्रतिक्रिया