शनिबार, वैशाख ८, २०८१

माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड सेवा सुरु

मेरोन्यूज २०७७ चैत २१ गते ९:३८

काठमाडौं । माछापुच्छ्रे बैंकले भिसा कार्डमार्फत हुने कारोबारलाई सहज बनाउन कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । कन्ट्याक्ट लेस कार्डले ग्राहकलाई सहज सेवा दिने बैंकले जनाएको छ ।

बैंकले जारी गरेको बिज्ञप्ति अनुसार पिओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन नम्बर राख्नु पर्दैन । कार्डको ट्याप एण्ड पे सुविधाका कारण पिओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने छ । कन्ट्याक्ट लेस कार्ड अन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी २ हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पिन आवश्यक नपर्ने बैंकले जनाएको छ ।

२ हजार भन्दा बढीको कारोबारमा भने कार्डको पिन नम्बर राख्नुपर्ने छ । बैंकले उक्त सेवाका लागि आफ्नो अधिकांश पिओस मेशिनलाई ट्याप एण्ड पे सुविधायुक्त बनाएर स्तरोन्नति गरिसकेको दाबी गरेको छ ।

प्रतिक्रिया