शुक्रबार, चैत १६, २०८०

एमालेभित्र समानान्तर गतिविधी सञ्चालन गर्न खनाल नेपाल समूहको गृहकार्य जारी

स्थायी कमिटी बैठक आज पनि

मेरोन्यूज २०७७ चैत २१ गते ९:२७

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कदमको विरोधमा उत्रिएको एमालेको झलनाथ खनाल माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

दिउँसो तीन बजे बस्ने बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् । शुक्रबारको बैठकमा राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएकोले आजको बैठकबाट निर्णय गर्ने नेता योगेश भट्टराईले बताए ।

खनाल–नेपाल समूहले यसअघि चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । त्यसयता यो समूहले समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष ओलीले भने गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल सहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।

यसअघि हिजो बसेको सो समूहको स्थायी कमिटी बैठकले ओलीले विधान विपरितका गतिविधि गरेको भन्दै देशभर सक्रियतापूर्वक ओली प्रवृत्तिको विरोधमा उत्रन नेता कार्यकर्तालाई आह्वान गरेको थियो ।

Advertisement

प्रतिक्रिया