शुक्रबार, चैत १६, २०८०

दाङमा बस दुर्घटना हुँदा मृत्यु भएका दुई जनाकै सनाखत

मेरोन्यूज २०७७ चैत २१ गते ८:५९

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुबै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र रुपन्देहीको सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

दाङको तुलसीपुरबाट भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना घाइते भएका थिए । दुर्घटनामा परी दुई जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

दुई जनालाई गएराति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने ६ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया