बिहीबार, वैशाख १३, २०८१

क्यान्सर पीडित फोटोग्राफरको उपचारका लागि फोटो प्रदर्शनी

मेरोन्यूज २०७७ चैत २१ गते ८:२५

तनहुँ । आन्द्राको क्यान्सर भएर उपचाररत तनहुँको दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार एक लाख रुपैयाको फोटो बिक्री भएको छ ।

व्यास नगरपालिका–४ निवासी फोटोग्राफर दरैले खिचेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थललगायतका फोटो सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका एउटा फोटोको दुई हजार रुपैयाँ मूल्य कायम गरिएको उनका सहकर्मी युवराज भण्डारीले जानकारी दिए । व्यवसायीक फोटोग्राफर तथा सङ्गीतमा समेत सक्रिय दरैको हाल भारतमा उपचार भइरहेको छ ।

क्यान्सरका कारण तीन वर्षयता थलिएको उनको उपचार खर्च जुटाउन उनका शुभेच्छुकले साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गर्दै आएका हुन् ।

प्रतिक्रिया