शुक्रबार, वैशाख ७, २०८१

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले स्वीकृत गर्‍यो चामल ढुवानी गर्ने बोलपत्र

मेरोन्यूज २०७७ चैत २१ गते ७:१९

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं सहितका ९ वटा डिपोमा चामल बुझाउने गरी विभिन्न कम्पनीको बोलपत्र स्वीकृत गरेको छ ।

विभिन्न ब्राण्डका चामल खरिद गरी सो कम्पनीमा बुझाउन १६ वटा कम्पनीको बोलपत्र स्वीकृत भएको हो । मुख्य कार्यालय विर्तामोडका लागि स्टिम जिरा मसिनो चामल, स्टिम रन्जित चामल र बासमती चामलको लागि झापाको सुर्योदय सेलर मिल छनौट भएको छ ।

सोही डिपोका लागि कालानुनिया चामल ढुवानी गर्न भने सुनसरीको गिरधारी फुड इण्डिस्ट्रिज छनौटमा परेको छ । प्रादेशिक कार्यालय विराटनगरका लागि स्टिम जिरा मसिनो चामल झापाको मित्तल एग्रो प्रा. लि., स्टिम रन्जित चामल झापाकै सुर्योदय सेलर मिल र बासमती चामल सुनसरीको श्याम बाबा राइस एण्ड फ्लोर मिलले सप्लाई गर्ने भएका छन् ।

मुख्य कार्यालय लहानमा सोना मन्सुली चामल सिरहाको शारदा राइस मिल, स्टिम जिरा मसिनो चामल र बासमती चामल सिरहा कै कौशल एग्रो राइस मिलले ढुवानी गर्न पाउने भएका छन् । शाखा कार्यालय विरगञ्जमाको लागि सोना मन्सुली र बासमती चामल बाराको लक्की राइस मिलले तथा स्टिम जिरा मसिनो चामल झापाको सुर्योदय सेलर मिलले सप्लाई गर्ने भएका हुन ।

यस्तै प्रादेशिक कार्यालय काठमाडौंमा अरुवा जिरा मसिनो चामल कैलालीको एरोम ट्रडर्स, बासमती चामल बाराको लक्की राइस मिलले व्यवस्था गर्ने भएका हुन् । प्रोदशिक कार्यालय भैरहवामा सोना मन्सुली चामल नेपालगञ्जको सरस्वती खाद्य ट्रेडर्स र अरुवा साँवा चामल बारा कै लक्की राइस मिलले सप्लाई गर्ने व्यापार कम्पनीले जनाएको छ ।

मुख्य शाखा कार्यालय नेपालञ्ज, प्रादेशिक कार्यालय धनगढी र सुर्खेतमा स्टिम जिरा मसिनो चामल झापाको सुर्योदय सेलर मिलले व्यवस्था गर्ने छ । गत फागुन ३ गते जारी भएको बोलपत्रमा सबैभन्दा कम दररेट प्रस्तुत गर्ने कम्पनीको बोलपत्र स्वीकृत भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया