शुक्रबार, चैत १६, २०८०

खनाल-नेपालकाे संयुक्त वक्तव्य

ओलीले गरेका गलत कदमकाे देशव्यापी प्रतिराेध गर्न खनाल–नेपाल पक्षको आह्वान

मेरोन्यूज २०७७ चैत २० गते २१:४३

काठमाडाैं । नेकपा (एमाले)काे माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरितका गतिविधि गरेकाे भन्दै देशभर सक्रियतापूर्वक ओली प्रवृत्तिकाे विराेधमा उत्रन नेता कार्यकर्तालाई आह्वान गरेकाे छ ।

नेता खनाल र नेपालसहित उनीहरू पक्षीय स्थायी कमिटी सदस्यले जारी गरेकाे विज्ञप्ति जारी गर्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा आह्वान गरेको हाे ।

सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र व्यूँताउने फैसला गरेपछि ओलीले एमालेमा एकलाैटी निर्णय गर्दै आएका छन् । ओलीले पार्टी विधान विपरितका गतिविधि अगाडि बढाएकाे भन्दै खनाल-नेपाल समूहले असन्तुष्टि जनाउँदै देशव्यापी अभियान सञ्चालन गरिरहेकाे छ ।

प्रतिक्रिया