बिहीबार, वैशाख १३, २०८१

कर्णालीमा लगानी सम्मेलन आयोजना हुने

मेरोन्यूज २०७७ चैत २० गते १८:५०

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् ।

महासङ्घका अध्यक्ष शेखर गोल्छासहित महासङ्घका पदाधिकारी र कर्णाली योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्का, सदस्य डा दीपेन्द्र रोकाय र सदस्य योगेन्द्रबहादुर शाहीसमेतको प्रतिनिधिमण्डलबीच आज महासङ्घ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेकाले सरकारले त्यसका लागि सहजीकरण गरिदिनुपर्ने बताए । लगानीकर्ताले कृषि, पर्यटन, जडिबुटी, जलविद्युतलगायत क्षेत्रमा लगानी गर्नेसमेत अध्यक्ष गोल्छाले बताए ।

लगानीकर्ताहरुसँग महासङ्घले सहजीकरण गर्ने पनि उनकाे भनाइ थियाे । छलफलमा महाङ्घका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठको पनि सहभागिता थियो ।

कर्णाली योजना आयोगका उपाध्यक्ष डा खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडि बढाएको जानकारी दिए । उनले योजना आयोग र महासङ्घको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया