बिहीबार, वैशाख १३, २०८१

पछिल्लो चौविस घण्टामा थपिए १७९ जना कोरोना संक्रमित,१११ जना डिस्चार्ज

मेरोन्यूज २०७७ चैत २० गते १७:०७

काठमाडौं । पछिल्लो चौविस घण्टामा १७९ जना कोरोना भाइरस (कोभिड१९) संक्रमित थपिएका छन् । देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ६५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय ७९ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १११ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । कुल क्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४७ रहेको छ । क्वारेनटिनमा ६१ जना रहेका छन् । चौविस घण्टामा मृतकको संख्या सून्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

प्रतिक्रिया