बिहीबार, वैशाख १३, २०८१

सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनीको सूचीमा आइएमई

मेरोन्यूज २०७७ चैत २० गते १६:३२
This image has an empty alt attribute; its file name is ime-1024x559.jpg

काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरे ।


विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । यसको घोषणा गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिएपनि कोभिड–१९ कारण कार्यक्रम गर्न बन्देज लगाइएकोले सम्मानको कार्यक्रम औपचारिक भएको थिएन ।


कम्पनीले जारी गरेको बिज्ञप्ति अनुसार यसअघि आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ । नवौं राष्ट्रिय कर दिवसका अवसरमा आइएमईसहितका कम्पनीहरूलाई सम्मान प्रदान गरिएको छ ।


आइएमई विदेशबाट बैंकिङ च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको पहिलो कम्पनी हो । २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्नेगरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिइरहेको कम्पनीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया