शुक्रबार, वैशाख १४, २०८१

विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त

मेरोन्यूज २०७७ चैत २० गते १६:२८

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट हुमागाईलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक रहेका हुमागाई हाल इमेज गु्रप अफ कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् ।

प्रतिक्रिया