शनिबार, वैशाख ८, २०८१

रूरू जलविद्युतको प्रिमियम मूल्यको आईपीओ आजबाट बिक्री खुला

मेरोन्यूज २०७७ चैत २० गते १६:१७


काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित रुरु जलुविद्युत परियोजना लिमिटेडले आज शुक्रबारबाट २० गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर १ सय २० रुपैयाँमा आईपीओ निष्कासन गरेको हो ।

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने रुरु पहिलो जलविद्युत कम्पनी हो । कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेको जानकारी दिएको छ । यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।


यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
इक्रा नेपाल लिमिटेले रुरुलाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत थालेको हो ।

प्रतिक्रिया