शुक्रबार, चैत १६, २०८०

तेस्रो त्रैमासिकले नेप्सेमा सुधार

मेरोन्यूज २०७७ चैत २० गते १६:१२

काठमाडौं । नेप्से परिसूचक साताको पहिलो दिन (आइतबार) होलीको कारण कारोबार बन्द भएको थियो । दोस्रो दिन राताम्य सहित ४ अर्बमा कारोबार भएको शेयर बजार कारोबार हुने साताको अन्तिम दिन बिहिबार महिनायताकै सबैभन्दा बढी ७ अर्ब रुपैयाँ भन्दा धेरैको खरिदबिक्री भयो ।
साताको शेयर कारोबार भएको पहिलो दिन अर्थात् सोमबारको तुलनामा हिजो अन्तिम दिन बिहिबार ७ दशमलब ३५ अंकले वृद्धि भई शुन्य दशमलब ४९ प्रतिशतले सुधार भएको हो ।
साताको दोस्रो दिन अर्थात् कारोबार भएको दिन सोमबार राताम्य भएको बजार परिसुचक तेस्रो, चौथो र पाँचौं दिन हरियाली छाउनुका साथै कारोबार रकममा अत्याधिक सुधार देखिएको हो । मंगलबार ३२ दशमलब १५ अंक, बुधबार ४३ दशमलब ३६ र बिहिबार १२ दशमलब ८८ अंकले हरियो बत्ति बल्दा कारोबार रकममा अध्याधिक सुधार देखिएको हो । कारोबार भएको पहिलो दिन घटेको बजार परिसुचक पछिल्लो ३ दिनमा दोहोरो अंकले सुधार आएको छ ।
यो साता कारोबार रकमका आधारमा साल्ट ट्रेडिङ कर्पोरेसन अग्रस्थानमा रहेको छ तेस्रो त्रैमासिक निस्कदै गर्दा सबैको चलायमानले पनि नेप्सेमा सुधारले अंकमाल गरेको प्रष्ट देखिन्छ । सेयर बजार सकारात्मक अवस्थामा रहेकाले अझ केही गति लिन सक्ने लगानीकर्ताको आशा रहेकाले पछिल्लो समय शेयरमा सुधारको संकेत देखिएको हो । बजार २ हजार ६ सयको बिन्दुबाट केही बढेर २ हजार ७ सम्मको बिन्दुसम्म जान सक्ने आशा सबैको छ । बजार सुधार हुँदै जानु अझै एक तह माथिसम्म उकालो लाग्ने संकेत रहेको अर्थजानकारहरुको दृष्टिकोण छ ।
यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ४ दिन खुला रहृयो ।
यसैबीच रु रु जलविद्युतको आईपीओमा शुक्रबारदेखि आवेदन खुला
निजी क्षेत्रबाट प्रवद्र्धित रुरु जलुविद्युत परियोजना लिमिटेडले आज शुक्रबारबाट २० गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर १ सय २० रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने रुरु पहिलो जलविद्युत कम्पनी हो । कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेको जानकारी दिएको छ ।
यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
इक्रा नेपाल लिमिटेले रुरुलाई ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत थालेको हो ।

प्रतिक्रिया