शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको सुरुवात

मेरोन्यूज २०७७ चैत २० गते १४:५७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गरेकी छन् । शुक्रबार भृकुटीमण्डपमा आयोजित एक समारोहकाबीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर खानेपानी वितरणको औपचारिक सुरुआत गरेकी हुन् ।उक्त धाराबाट पानी २४ सैं घण्टा वितरण हुने बताइएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ। केही दिन अघिदेखि नै मेलम्चीको पानीको परीक्षणको रुपमा काठमाडौँका घरघरमा मेलम्ची खानेपानी आयोजना विकास समितिले पठाउन सुरु गरिसकेको छ ।

प्रतिक्रिया