शनिबार, वैशाख ८, २०८१

अधिकांश विदेशी मुद्रा बिहिबार र शुक्रबार समानरुपमा सटही

मेरोन्यूज २०७७ चैत २० गते १४:३३

काठमाण्डौ । कारोबार हुने साताको अन्तिम दिन शुक्रबार धेरै विदेशी मुद्रा बिहिबारको समान छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदर अनुसार १ अमेरिकी डलरको खरिददर बिहिबार समान १ सय १ सय १६ रुपैयाँ ६८ पैसा र बिक्रिदर १ सय १७ रुपैयाँ २८ पैसा कायम छ । साउदी अरबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट र यूएई दिराम पनि बिहिबारको समान छ । साउदी रियालको खरिद मूल्य ३१ रुपैयाँ ११ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ २७ पैसा रहेको छ भने युएइ दिरामको खरिद मूल्य ३१ रुपैयाँ ७७ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।

कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ४ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ २० पैसा कायम रहेको छ । मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ १५ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ २९ पैसा तोकिएको छ । युरो र युके पाउण्ड स्ट्रलिङमा केही वृद्धि भएको छ । युरोको खरिद रकम १ सय ३७ रुपैयाँ ४ पैसा, बिक्रिदर १ सय ३७ रुपैयाँ ७२ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १ सय ६० रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

यसैगरी,अष्ट्रेलियनमा भने केही गिरावट आएको छ । डलर १ को खरिद मुल्य ८८ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ८८ रुपैयाँ ७० पैसा कायम भएको छ,क्यानेडियन डलर ९२ रुपैयाँ ७६ पैसा खरिद रहेको छ भने ९३ रुपैयाँ २४ पैसा बिक्रि मुल्य रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सिंगापुर डलर खरिद मुल्य ८६ रुपैयाँ ६५ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ १० पैसा तोकिएको छ ।

यसैगरी जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ५३ पैसा बिक्रिदर १० रुपैयाँ ५९ पैसा रहेको छ । चाइनिज युयन १ को खरिद १७ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १७ रुपैयाँ ८४ पैसा छ ।
यसैगरी साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनी मा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया