शुक्रबार, चैत १६, २०८०

गृहमन्त्री बादलले गरे,गृहमन्त्रालय सर्न लागेको भवनको निरीक्षण (फोटो फिचर)

मेरोन्यूज २०७७ चैत २० गते १३:००

काठमाडौं । प्रधानमन्त्री कार्यालय रहेको भवनमा बैशाख १ गतेदेखि गृहमन्त्रालय सर्ने भएको छ । गृहमन्त्रालय सर्न लागेको भवनको आज गृहमन्त्री रामबहादुर थापा( बादल) ले निरीक्षण गरेका छन् ।

वि.स. २०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय तत्कालिन संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।


सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको काम कारर्वाही हुदै आएको थियो । डेढ महिना अघि सिंहदरबारको पुर्वी भवनको पुन निमार्ण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारको पुर्वी भवनमा सरेको छ ।

अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा भने गृहमन्त्रालय सर्न लागेको हो । हाल गृहमन्त्रालय रहेको केही भवनहरु पुननिर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने तयारी छ ।

Advertisement

प्रतिक्रिया