बिहीबार, वैशाख ६, २०८१

काठमाडौं महानगरपालिका र आन्दोलनरत पक्षबीच सहमति,आजैबाट फोहोर उठ्ने

मेरोन्यूज २०७७ चैत २० गते १२:१८

काठमाडौं । एक सातादेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर (आज) शुक्रबारदेखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र आन्दोलनरत पक्षबीच शुक्रबार विहान मागहरुको सुनवाई गर्ने र फोहोर उठाउन दिने सहमति भएको हो ।

महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले आजै सहमतिको मस्यौदा तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई मध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको बताए ।

सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया