शुक्रबार, वैशाख ७, २०८१

म्याग्दीका सर्वसाधारणमा योगप्रति आकर्षण बढ्दो

मेरोन्यूज २०७७ चैत २० गते ११:५८
a]gLdf of]u cEof; DofUbL, @) r}t M DofUbLsf] a]gL lhNnf ;dGjo ;ldltsf] ;efxndf of]u cEof; ub}{ ahf/jf;L . :j:y /xg, tgfj Joj:yfkg / zf/Ll/s :km’lt{sf nflu DofUbLsf afl;Gbf of]u cEof;k|lt cfslif{t ePsf 5g\ . tl:a/ M ;Gtf]if uf}td÷/f;;

म्याग्दी । म्याग्दीका सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । जिल्ला सदरमुकाम बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिकरूपमा योग अभ्यास गर्छन् । व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फुर्तिका लागि नियमित योग गर्ने गरेको बेनीको कालीपुलका व्यापारी तप्तबहादुर भण्डारीले बताए । “दिनभर व्यवसायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, उनले भने “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।”

बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटकी रेणु शाक्यले अपच हुने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव .सुनाइन् । “योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उनले भनिन् “रक्तचाप व्यवस्थापन र रुघा लागिरहने समस्या निको भयो ।” जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नवीन आनन्द योग केन्द्रलगायत निकाय र सङ्घ संस्थाले म्याग्दीमा योग प्रशिक्षण सञ्चालन गरेका छन् ।

बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, बगरफाँटलगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागि भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक टीकाबहादुर जुग्जालीले बताए ।

योगले मानिसको शरीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जुग्जालीले बताउनुभयो । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव भएको हो । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया