बिहीबार, वैशाख १३, २०८१

संखुवासभामा सवारी दुर्घटना, १५ जना घाइते

मेरोन्यूज २०७७ चैत २० गते १०:१६

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो ।

अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया