शुक्रबार, चैत १६, २०८०

१४ औं महाधिवेशनको विषयमा छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बैठक दिउँसो २ बजे बस्ने

मेरोन्यूज २०७७ चैत २० गते ७:३३

काठमाडैं । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल गर्न केन्द्रीय समिती बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा बस्ने छ ।

१४ औं महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आजको बैठकमा छलफल हुने नेता प्रदीप पौडेलेले जानकारी दिए । कांग्रेसले सिन्धुपाल्चोकको क्रियाशील सदस्यता विवाद मिलाउन अझै बाँकी छ ।

महाधिवशेनका लागि १० लाख क्रियाशील सदस्यता वितरण गर्ने भने पनि अहिलेसम्म ५ लाख मात्र दर्ता भएको पौडेलको भनाई छ । क्रियाशील सदस्यता दर्ताको काम सकिएपछि छानविनको काम अघि बढ्ने पौडेलले मेरो न्युजलाई जानकारी दिए ।

गत वर्षको फागुनमा नै महाधिवेशन गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै कांग्रेसले एक वर्ष सारेको थियो । सारेको समय पनि गत फागुनमा नै सकिएको छ । विशेष कारण देखाउँदै थप गरेको ६ महिना पनि आगामी भदौमा सकिंदै छ ।

आगामी भदौसम्ममा कांग्रेसले १४ औं महाधिवेशन गरिसक्नुपर्ने छ । अन्यथा कांग्रेसलाई संवैधानिक संकट आइपर्ने छ ।

Advertisement

यस्तै आजको बैठकमा सत्तासमिकरण लगायत समसामयिक विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया