शुक्रबार, वैशाख ७, २०८१

क्लब लिग भलिबल शुरु

मेरोन्यूज २०७७ चैत १९ गते १९:२८

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबले आजबाट राजधानीमा शूरु भएको पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन् ।

त्रिपुेरश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि २५–९, २५–२१ र २५–१६ ले पराजित गर्दै ३ अंक बटुल्न सफल भयो ।

यस्तै पुरुषकै अर्को खेलमा एपिएफ क्लबले र बुलबुले रारा क्लबमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । पहिलो र दोश्रो सेटमा बुलबुलेलाई २५–२०, २८–२६ ले पराजित गर्दै बिजयको निकट पुगेको एपिएफ क्लब तेश्रो सेटमा पराजित हुन पुग्यो ।

तीन पाकिस्तानी खेलाडी सहित मैदान उत्रेको बुलबुलेले तेश्रो सेटमा एपिएफ माथि २५–१८ को जित हात पार्‍यो । चौथो सेटमा एपिएफले जित निकाल्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भयो । रोमाञ्चक चौथो सेटमा एपिएफले ३२–३० को जित निकाल्दै जितलाई आफ्नो पक्षमा पार्न सफल भएको हो ।

महिला तर्फ ह्वाङ्गजी न्यू डायमण्डले पहिलो खेलमा जित हात पार्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । डायमण्डले एकतर्फी खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–५ ले पराजित गरेको हो । चैत २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ ६ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । 

प्रतिक्रिया