शुक्रबार, चैत १६, २०८०

सुन आयातको कोटा दैनिक २० किलो पुर्‍याइयो

मेरोन्यूज २०७७ चैत १९ गते १८:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दैनिक २० किलोसम्म सुन आयात गर्न सक्ने व्यवस्था मिलाएको छ । यसअघि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले दैनिक १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था थियो ।

केन्द्रीय बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०७६ को सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को बुँदा नं ४ (क) संशोधन गर्दै सुन आयातको परिमाण हाललाई २० किलो पुर्‍याइएको जनाएको छ ।

कोरोना महामारीले अर्थतन्त्रलाई प्रभावित बनाएको भन्दै सरकारले गतवर्ष सुनको कोटा घटाएर १० किलो पुर्‍याएको थियो । सुनको भाउमा वृद्धि भएपछि स्थानीय बजारमा सुनको खपत घटेको थियो । सरकारले सुनको कोटा वृद्धि गरेपनि त्यसले बजारको माग धान्न नसक्ने भन्दै सुनचाँदी व्यवसायीले सुन आयातमा कडाइ नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया