शुक्रबार, वैशाख १४, २०८१

परीक्षणकालीन लाइसेन्समा ५ भन्दा बढी प्वाल परेमा स्मार्ट लाइसेन्स नपाउने

मेरोन्यूज २०७७ चैत १९ गते १७:०९

काठमाडौं । सरकारले ट्रायल पास गरेको एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने भएको छ । चालकले एक वर्षसम्म परीक्षणकालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै कागजी लाइसेन्स जारी गर्ने लागिएकाे हो ।

एक वर्षभित्र परीक्षणकालीन लाइसेन्समा ५ भन्दा बढी प्वाल परेमा स्मार्ट लाइसेन्स नदिने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । परीक्षणकालीन लाइसेन्समा ट्राफिकले ५ वटाभन्दा बढी प्वाल पारेमा चालकले फेरि लाइसेन्सको परीक्षा दिनुपर्नेछ ।

गम्भीर प्रकृतिका ट्राफिक नियम उल्लंघन भएमा लाइसेन्समा प्वाल पर्ने व्यवस्था भए पनि स्मार्ट लाइसेन्समा त्यस्तो कारवाही सम्भव भएको छैन । लाइसेन्सको मागअनुसार यातायात विभागले छपाइको व्यवस्था पनि गर्न सकेको छैन । लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै सवारी चालक कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् ।

प्रतिक्रिया