शुक्रबार, वैशाख १४, २०८१

७० लाख नाघे टेलिकम प्रयोगकर्ता

मेरोन्यूज २०७७ चैत १९ गते १६:३७

काठमाडौं । नेपालमा चालु बर्षको ७ महिनासम्म टेलिकमको सेवा प्रयोग गर्नेको संख्या ७० लाख ९२ हजार पुगेको छ । यस अवधिमा नेपाल टेलिकमले मात्रै आफ्नो फोरजी ग्राहक १ लाख ६१ हजार जनाले बढाएको छ ।

गत पुसमा २३ लाख ८३ हजार २ सय ५६ रहको नेपाल टेलिकमको फोरजी ग्राहकको संख्या माघमा २५ लाख ४४ लाख ७ सय २४ पुगेको हो ।
पछिल्लो समय चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) प्रयोगकर्ताको संख्या तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार फोरजी प्रयोगकर्ताको संख्यामा एक महिनामै ४ लाख वृद्धि भएको हो नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।


प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माघ महिनासम्म अवधिमा एनसेलले पनि आफ्नो फोरजी ग्राहकको संख्या २ लाख ३९ हजार ७ सय ८९ जना बढेको छ । पुसमा एनसेलका फोरजी ग्राहक ४० लाख ८६ हजार जना थिए । तर माघमा उक्त संख्या बढेर ४३ लाख २५ हजार पुगेको हो ।
यस्तै यस अवधिमा स्मार्ट टेलिकमले पनि आफ्ना फोरजी ग्राहकको संख्या ३ हजारले बढाएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया