बुधबार, वैशाख १२, २०८१

एमाले-माओवादी ब्यूँताउने फैसला पुनरावलोकन गर्न अस्वीकार

मेरोन्यूज २०७७ चैत १९ गते १४:३७

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहीबार पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी नामको दल पहिल्यै दर्ता रहेको,सोही नाममा अर्को पार्टी दर्ता हुन नसक्ने भन्दै गत फागुन २३ गते सर्वाेच्चले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग हैसियतमा रहने फैसला सुनाएको थियो ।

उक्त फैसलामा एकीकरण गर्ने भए १५ दिनभित्र नयाँ नामसहित दर्ता गर्न निर्वाचन आयोगलाई आदेश पनि दिइएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फैसला पुनरावलोकनको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया