बुधबार, वैशाख १२, २०८१

६ वर्षपछि सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

मेरोन्यूज २०७७ चैत १९ गते १३:३६

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छ वर्षपछि आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । वि.स २०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय तत्कालिन संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको भवनमा सरेको थियो ।
सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको काम कारर्वाही हुदै आएको छ ।
डेढ महिना अघि सिंहदरबारको पुर्वी भवनको पुन निमार्ण सम्पन्न भएपछि आज बेलुका ६ वजे सोही भवनमा पहिलो मन्त्रीपरिषदको वैठक बस्न लागेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था तथा कोरोनाका कारण पछिल्लो एक वर्षदेखि प्राय वालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्दै आएको छ । डेढ महिनाअघि पुन निमार्ण सम्पन्न भए पश्चात प्रधानमन्त्री ओलीले माघ २९ गते उक्त भवनको निरिक्षण गरेका थिए ।

प्रतिक्रिया