शुक्रबार, चैत १६, २०८०

घनश्याम र सुरेन्द्र पनि एमालेबाट ६ महिनाका लागि निलम्बित

मेरोन्यूज २०७७ चैत १९ गते १३:३१

काठमाडौं । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । पार्टीले नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय लिएको हो । एमालेको केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो ।
पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । पुन दोस्रो पटक स्पष्टिकरणका लागि पत्र पठाइएको हो ।अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् ।

प्रतिक्रिया