माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन् -सरकारलाई हाम्रो समर्थन छैन

काठमाडौं । (नेकपा) माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद्लाई पूरै समय सञ्चालन गर्ने अवस्था बनाउनका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ भएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकपछि प्रवक्ता श्रेष्ठले आफूहरुले प्रतिपक्षी पार्टीसँग छलफल गरेर परिस्थिति आँकलन गरिरहेको बताएका हुन् । उनका अनुसार हामी केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहेको हो । उनलेभने “सरकारलाई हाम्रो समर्थन छैन ।”
उनले दुई–तीन दिनभित्र स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए । राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक पनि छिट्टै बस्ने उनले बताए ।
फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गर्ने र २३ गते साविकको एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि माओवादी केन्द्र ओली नेतृत्वको सरकारलाई हटाएर कांग्रेस, माओवाद केन्द्र र जसपाको संयुक्त सरकार बनाउने कसरतमा छ । यद्धपी कांग्रेस र जसपाले अझै ठोस निर्णय दिन सकेका छैनन ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया