बिहीबार, चैत १५, २०८०

विदेशी मुद्रामा सामान्य हेरफेर

मेरोन्यूज २०७७ चैत १९ गते १२:३८

काठमाण्डौ । यो साताको पाचौं दिन आज विहिबार सामान्य देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदर अनुसार १ अमेरिकी डलरको खरिददर १ सय १ सय १६ रुपैयाँ ६८ पैसा र बिक्रिदर १ सय १७ रुपैयाँ २८ पैसा रहेको छ ।
युरोको खरिद रकम १ सय ३६ रुपैयाँ ७८ पैसा, बिक्रिदर १ सय ३७ रुपैयाँ ४९ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ खरिद मूल्य १ सय ६० रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ५६ पैसा कायम भएको छ ।


यसै गरी अष्ट्रेलियन डलर १ को खरिद मुल्य ८८ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर ८९ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
क्यानेडियन डलर ९२ रुपैयाँ ६२ पैसा खरिद रहेको छ भने ९३ रुपैयाँ १० पैसा बिक्रि मुल्य रहेको राष्ट्र बैंकले जनाएको छ ।


राष्ट्र बैंकका अनुसार सिंगापुर डलर खरिद मुल्य ८६ रुपैयाँ ७२ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ १७ पैसा तोकिएको छ । यसैगरी जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ५४ पैसा बिक्रिदर १० रुपैयाँ ६० पैसा रहेको छ । चाइनिज युयन १ को खरिद १७ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर १७ रुपैयाँ ९० पैसा छ । साउदी अरबियन रियालको खरिद मूल्य ३१ रुपैयाँ ११ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ २७ पैसा रहेको छ भने कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ५पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ २१ पैसा कायम रहेको छ ।


त्यस्तै युएइ दिरामको खरिद मूल्य ३१ रुपैयाँ ७७ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।
मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ १४ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ २८ पैसा तोकिएको छ ।
यसैगरी साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनी मा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Advertisement

प्रतिक्रिया