शुक्रबार, वैशाख ७, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

मेरोन्यूज २०७७ चैत १९ गते ९:३८

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको अनौपचारिक बैठक बोलाएको छ । काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन लगायत समसायिक विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा खारेज भइ साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।

नेपाली काँग्रेस, जनता समाजवादी पार्टी जसपालगयतका दलसँगको छलफलपछि माओवादी केन्द्र ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितीमा पुगेको हो । बुधबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका मूख्य सचेतक देव गुरुङले पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बताएका थिए ।

फगुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गर्ने र २३ गते साविकको एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि माओवादी केन्द्र ओली नेतृत्वको सरकारलाई हटाएर कांग्रेस, माओवाद केन्द्र र जसपाको संयुक्त सरकार बनाउने कसरतमा छ । यद्धपी कांग्रेस र जसपाले अझै ठोस निर्णय दिन सकेका छैनन ।

प्रतिक्रिया